You are currently viewing Nepali Shayari -Sad Nepali Shayari ,Nepali love shayari
Nepali Shayari 2024, Sad Nepali Shayari ,Nepali love shayari

Nepali Shayari -Sad Nepali Shayari ,Nepali love shayari

  • Post category:Article

Welcome to BIPLEKSH, in this post you will find New Nepali Shayari 2024! In this post you will find New Nepali Shayari , Sad Nepali Shayari, Nepali love shayari, Heart Touching Nepali Shayari, Broken Heart Shayari, Sad Shayari Nepali Love, all written in simple Nepali.

Writer – Saurabh Paudel

Nepali Shayari

Shayari nepali

हाम्रो मायाको कहानी उपन्यास बनाइ लेख्ने मन छ
मैले जतिसुकै दुख भोगेनी तिमी खुसी देख्ने मन छ
तिमी जसरी मोज मस्ती खुशीमा रम्न नसकिएला
तर पिडाहरुलाई फलामको बार बनाइ छेक्ने मन छ

कुनै साँझ आउछ तिम्रो याद लिएर
कुनै साँझ जान्छ तिम्रो याद दिएर
मलाइ त पर्खाइ छ त्यस साँझको
जो आउछ तिमिलाइ साथ लिएर

बाचा कसम उनी सँग खाएको बेकार भो
छाडी गयो आफ्नो बनाएको बेकार भो!!
सगै जिउने सगै मर्ने कुरा गर्दा हिजो सम्म
हुन्छ प्रिय भन्दै हात समाएको बेकार भो !!

Sad Nepali Shayari

किन लिएर आयौ यति धेरै झुट र आशुँ
चोटै चोट लिएर अब म कसरी हाँसु
कस्तो मोडमा लगेर एक्लो बनाइदियौ
टुक्रेको यो मुटुलाई भन म कसरी बाँचु

तिमी त गयौ टाढा पिडा मलाइ दिई
टोलाउदै म छु यहाँ नलाग्ने बिष पिई
तिमी त होलाउ खुसी मेरो पो हुने हो के
खै कतिञ्जेल सकिएला बस्न यो टुक्रेको मुटु लिई

म त छु रुदै यहाँ तिमी कहिल्यै नरुनु
म त छु यादमा तड्पिदै तिमी कहिल्यै नतड्पनु
यो बाहेक म अरु भन्न के नै सक्छु र
म त भए पागल प्रेमी तिमी मजस्तो कहिल्यै नहुनु

कसरी सक्यौ तिमीले माया मार्न
किन लगायौ मलाई तिम्रो पछि चहार्न
टाढिने क्रममा जाँदा जाँदै तिमीले
किन सिकायौ मलाइ जिन्दगीदेखि हार्न

Nepali Love Shayari ( Sad )

मेरो जितमा तिमी ले तालि मार्नु पर्दैन
मेरो लागि अरु को सामु हार्नु पर्दैन
खुसि मा पनि एक्लै हास्छु
दुख मा पनि कसैले ले दुई थोपा आशु झार्नु पर्दैन

जीन्दगी भर मेरै हुने बनाउँछु
हाँस्दा हाँस्ने म रूदारूने बनाउँछु
तर्किएर गइ छुट्टै संसारमा रमाएनी
पिडा हुँदा मेरै तस्विर छुने बनाउँछु

कसैको हार हुन्छ त कसैको जित हुन्छ,
दिल टुट्छ अनि जिन्दगी गीत हुन्छ,
जुन पनि रून्छ होला कसैको यादमा
र त बिहानी पख पात पातमा शीत हुन्छ !!

जादै छु म धेरै टाढा रोएर बस्न लाई
तिनै तस्विर दुई हाथ ले छोएर बस्न लाई
रुवाउँछ होला पक्कै पनि तिनै याद ले पलपल
त्येही यादमा आँशुले परेली धोएर बस्न लाई

Heart Touching Nepali Shayari

जिन्दगीमा कसैको साथ काफी छ
हातमा कसैको हात काफी छ
टाढा होस् या नजिक फरक पर्दैन
मायाको मात्र अनुभव मुटुमा हुनु काफी छ

कोह भन्छ माया नशा बन्न जान्छ
कोही भन्छ माया सजाय बन्न जान्छ
तर माया गर्छौ यदि साँचो मनले
तब त्यो माया जिउने बहाना बन्न जान्छ

माने कि तिमी जिउछौ दुनियाको लागि
एकपटक जिउर त हेर मेरो लागि
दिलको के हैसियत तिम्रो सामुन्ने
म ज्यान दिन्छु तिमीलाई पाउनको लागि

निद्रा लागे सपनीले तिमीलाई बोलाउछ
अनिद्रामा तिम्रो याद मन यसै टोलाउछ
प्रेमको जरा दिलको कुनामै पुग्यो क्यार
पलपल तिम्रोयाद कुना कुना बहलाउछु

धेरै रुन्छन थोरैलाइ हसाउछ मायाले
सोझालाइ नै फसाउछ यो मायाले
सुरुसुरुमा त मनमुटुमा राख्छु भन्छन
पछिपछि छायाले नि तर्साउछ मायाले

Nepali Shayari Sad

विन्ती छोडी नजाउ भनि समाएर रोएँ
डराउदै थरथरि ओठलाई कमाएर रोएँ
भुल्छु भनि कोसिस गरें भुल्न सकिन
फेरि मुटुमा तिम्रो तस्वीर सजाएर रोएँ

मन दुखाएकोमा बधाइ दिनु छ उसलाइ
मलाइ जलाउन सलाइ दिनु छ उसलाइ
यो यादहरु यो छट्पटी कस्तो हुन्छ भनेर
हो यस्तै हालतहरु पठाइ दिनु छ उसलाइ

तिम्रो चिन्ता छ मलाई
यसमा कुनै शंका छैन
तिमीलाई अरु कसैले हेरोस्
यसमा कसैको अधिकार छैन ।

न जिद्दी छ न कुनै गर्व छ मलाई
मात्र तिमीलाई पाउने चाहना छ मलाई
माया अपराध हो भने गल्ती गरेको हो मैले
सजाय जे पनि दिन्छौ देऊ मन्जुर छ मलाई

मुटु चुटेर लान्छु भन्थेउ सानू!
घाइते बनाई छोड्यो किन्न!!
त्यो बैगुनिको याद मा आशु!
झारेर तड्पेर बस्नु किन !!

Sad Shayari Nepali Love

प्रेमको परिभाषा दिन्छौ कसरी?
बिताएको ती पललाई लिन्छौ कसरी?
दुई धड्कन बिचको छलफल बिर्सिएर,
खुशी किन्छु भन्छौ कसरी ।

प्रत्येक पाइलामा हार भएको छ
रुने कि हास्ने दोधार भएको छ
बाच्ने आधार खोज्न कहाँ जाउ म
जिउँदै अन्तिम सस्कार भएको छ

मलाई बरवाद बनायो तिम्रो मायाले
घरको न घाट बनायो तिम्रो मायाले
जिउन नि दिएन बिष पिउन नि दिएन
एक जिउँदो लास बनायो तिम्रो मायाले

भेट्दा खेरी निस्थुरी बाटो काटेर गै हजुर
मलाई बोलाइ ठुला गफ छाटेर गै हजुर
भन्नू नै के थियो र मलाइ उनिले खै तेस्तो
बिगताका कुरालाइ अलिकती सादेर गै हजुर

Nepali Shayari Love

मेरो माया मनबाट हो यसलाई झुटो नठान ।

मेरो माया लाग्छ भने भन्न लाज नमान ।।  

सधैँ साथ रहन चाहन्छु टाढिएको हेर्न सक्दिन म ।

तिमी बिनाको जीवन कल्पित गर्न सक्दिन म ।।  

जीवनको यात्रामा तिम्रो साथ चाहिन्छ मलाई तिम्रो पाउको आश्रय चाहिन्छ मुस्कानका साथ सबै कठिनाइहरूको सामना गर्नेछु केवल प्रिए तिमीबाट एउटा संकेत चाहिन्छ ।।  

दिन पछि रात नटुटोस कहिलेपनी साथ सदा सँगै रहन पाऊ गरदछु म आत्मसाथ ।।  

मान्छे समयको दास हुन्छन म चाही तिमरो हुन चाहन्छु कोहि कसैको आश हुन्छन म चाही तिमरो हुन चाहन्छु ।।  

तिमी संग कुराकानी गर्न मलाइ राम्रो लाग्छ कोहि आफ्नो मानिस फर्किए झैं लाग्छ ।।  

Sad Shayari Nepali

तिम्रो खुशिको लागि तिमिसंग नै बोल्न छाडिदिए यो नसोच कि मैले अर्को नै पायो भनेर!

“भेट छोटो थियो, जिन्दगि लामो !! ??? सम्बन्ध छोटो थियो, याद लामो !!!”

संसारको सबैभन्दा मिठी सत्य नै यहि हो जस्ले घेरै प्रेम गर्छ उसैले नै घेरै रुनुपर्छ ।।

आज एकान्तमा भक्कानो,   छोडी  रुनु मन छ ……….  मनको घाउ नुनिलो आँसुले  धुन मन छ ।।

मेरो जिवन एक भिजेको कागज जस्तैभयो न पुरानो कहानी  पढ्न सक्छु  न नयाँ  कहानी नै लेख्न सक्छु ।।

गाढा सम्बन्ध मात्र हैन माया पनि थियो कमि खै के थियो म मा आफ्नो ज्यान भन्दा प्यारो लाग्नै मान्छे नै म देखि टाढा भैदियो ।।

Leave a Reply